बुधबार, जेठ २७, २०८३

तीन स्रष्टाका तीन कृति एकैसाथ विमोचन

साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’, प्राडा सिर्जना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ कृति पूर्वप्रधानमन्त्री चन्दबाट विमोचित।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

काठमाडौं– साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सिर्जना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति एकैसाथ विमोचन गरिएको छ।

National life

साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघुकथासंग्रह, साहित्यकार प्राडा सिर्जनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कवितासंग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवनसंग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्य जगत्मा नयाँ आयम थपिएको बताए। उनले कथासंग्रह,  कवितासंग्रह र जीवनसंग्रह पठनीय रहेको उल्लेख गरे। ‘कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो’, उनले भने। तीनवटै कृति गहिराइमा पुगेर लेखिएको चन्दले बताए।

पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाले प्राडा सविनाद्वारा लिखित पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त विश्वमान श्रेष्ठका बारेमा लेखिएको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन संग्रहबारे बोल्दै विश्वमान सरकारको कुशल प्रशासक भएको बताए। ‘विश्वमानलाई बुझ्न चाहने नयाँ पुस्ताका लागि पुस्तकले सहयोग पुग्नेछ’, उनले भने।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालले प्राडा सिर्जनाद्वारा लिखित ‘भोलि कोही नआउन्जेलसम्म’ कवितासंग्रहबारे बोल्दै मेडिकल क्षेत्रमा कार्यरत व्यक्ति साहित्यमा कलम चलाएर कवितासंग्र्रह प्रकाशित गर्नु महत्त्वपूर्ण कुरा भएको बताए। उनले निरन्तर कृति प्रकाशित गर्नसमेत सफलताको शुभकामना व्यक्त गरे।

Shivam cement

साहित्यकार धु्रव मधुकर्मीले साहित्यकार मोतिशोभाको कृति ‘चियाको चुस्की’ लघु कथासंग्रहबारे बोल्दै पुस्तकले नारी मनोविज्ञान, बाल मनोविज्ञान र समाजमा भोगिएका भोगाइलाई समेटेको सुनाए।

कृतिका लेखक मोतिशोभा नेपाल सरकारको पूर्वसहसचिव, लेखक प्राडा सिर्जना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवं वरिष्ठ बालरोग विशेषज्ञ प्राडा सविना काठमाडौं मेडिकल कलेजका प्राध्यापक तथा वरिष्ठ बालआँखारोग विशेषज्ञ हुन्। उनीहरुले यसअघि पनि विभिन्न कृति प्रकाशित गरिसकेका छन्।

प्रकाशित: Aug 19, 2023| 17:59 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।