शुक्रबार, साउन २, २०८२

काशीमा स्व.प्रदीप गिरिको अस्तु विसर्जन

प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व. गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो। 
 |  शनिबार, भदौ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

vianetvianet

काठमाडौं– कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ। ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व. गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो।

कांग्रेस केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ। काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा स्व. गिरिको अस्तु हस्तान्तरण गरेर बिदाइ गरे।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे स्मरण गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले भने, ‘स्व गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ।’

स्व. गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत रहेको नेता निधिले व्याख्या गरे। ‘स्व.प्रदीप गिरि विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिस्ट पार्टीका प्रेरणा मात्रै हैन आम बुद्धिजीवी, वर्ग समुदायमा रुचाइनुहुन्थ्यो’, नेता निधिले भने।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले गिरिको बौद्धिक, राजनीतिक र सामाजिक व्यक्तिबारे प्रकाश पारे। नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले स्व. गिरि नेपालको मौलिक परिवेसको समाजवादको भगिरथ प्रयासरत रहेको उल्लेख गरे। 

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, साहित्यकार धीरेन्द्र प्रेमर्षिलगायत गिरिका अनुयायी उपस्थित थिए। प्रदीप गिरि पावन स्मृति आयोजक समिति अध्यक्ष रामपल्टन साहले स्व. गिरिको विचार, आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै देशमा मात्रै नभएर भारतवर्षको सेतुबाँधका रुपमा प्रचार–प्रसार गरिनुपर्नेमा जोड दिए।

स्व. गिरिको अस्तु विसर्जन यात्रा आज काठमाडौँबाट हेटौँडासम्मको हुनेछ। आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ।

राती बनारस पुगेर गंगा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व. गिरिको अस्तु विसर्जन गरिनेछ। पशुपतिनाथ–काशी यात्राको संयोजन कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले गरेका छन्।

प्रकाशित: Aug 19, 2023| 16:58 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्