बुधबार, जेठ २७, २०८३

पत्रकार रिसाललाई जन्मदिनको शुभकामना दिन ओली घरमै पुगेपछि...

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसाललाई उनकै निवासमा गएर भेटेका छन्। रिसाललाई भेटेपछि फेसबुकमा तस्बिर सेयर गर्दै ओलीले भनेका छन्-

त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो। भर्खरै सञ्चारमाध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नुभयो। आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो। उहिल्यै लिपुलेक, कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु।
 

प्रकाशित: Aug 14, 2023| 20:24 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्