बिहीबार, जेठ २८, २०८३

सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०
National life
Shivam cement

काठमाडौं- सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल शाखाकी मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका नगर शाखाकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल शाखाका खिमानन्द गौतम र दिपक विष्ट छन्। 

बैंकले नै उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि पक्राउ गरिएको परिसरका एसपी कुमुद ढुंगेलले जानकारी दिए।
 

प्रकाशित: Aug 14, 2023| 20:18 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्