बिहीबार, जेठ २८, २०८३

एक क्विन्टल भनिएको सुन ६१ किलोमात्रै

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०
National life
Shivam cement

काठमाडौं- यही साउन ३ गते बरामद भएको तस्करीको सुनको परिमाण यकिन भएको छ। ब्रेक शुको प्याकेटका रुपमा बरामद गरिएको सुन जोख्दा ६० किलो ७७९ ग्राम निस्किएको हो।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज सुन जोखिएको थियो। हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो। १ सय ६० वटा ब्रेक शु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ किलो पाइएको हो।

यो प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिएकोमा १७ जना सीआईबीको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ।

प्रकाशित: Aug 14, 2023| 18:07 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्