मंगलबार, मंसिर २३, २०८२

वास्तुअनुसार कस्तो हुनुपर्छ अध्ययन कोठा ?

 |  सोमबार, साउन २९, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, साउन २९, २०८०

वास्तुशास्त्र प्राकृतिक नियमको विज्ञान हो। वास्तुले पञ्चतत्वहरु अग्नी, जल,वायु, पृथ्वी र आकाशको सन्तुलित अवस्था मा जोड दिन्छ। पञ्चतत्व अनुसार उनीहरुलाई उचित दिशा र स्थान दिनु उत्तम हुन्छ। मानवले यि पञ्चतत्वलाई आफ्नो भौतिक निर्माण तथा बासस्थानमा प्रयोग गर्न सके उसको जीवन सहज, सुखि र समृद्ध बन्न सक्नेछ। आजका दिनमा विद्यार्थीहरुका लागि अध्ययन गर्ने कार्य समस्यायुक्त बन्दै गएको देखिन्छ।

National life

बिद्यार्थीहरु पढ्न मन नगर्ने, बुबा आमाले घरमा पढ्न जोड दिएपनि ध्यान दिएर नपढ्ने, गृहकार्य नगर्ने, मन चञ्चल भएर पढाइदेखि बाहेकका गतिविधिमा बढि ध्यान दिने एवं पढाईदेखि दिक्क मान्ने समस्या बढ्दै गएको देखिन्छ। कतिपय बिद्यार्थीहरु पढ्न मन गर्ने तर जति गरेपनि सोचेजस्तो उपलब्धि नहुने समस्या देखिएको छ।

बिद्यार्थीहरुमा यस्तो समस्या देखिनुमा अन्य कुराका अतिरिक्त वास्तु को पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। अध्ययन गर्ने कोठा हामी सबैका लागि महत्वपूर्ण स्थान हो। अध्ययन गर्नु सजिलो त पक्कै पनि होईन त्यस माथि झन् अध्ययन गर्ने ठाउँमा नकारात्मक उर्जाको प्रवाह बढि भएमा मन चञ्चल भएर ध्यान केन्द्रित हुन नसक्ने, पढ्न मन नलाग्ने, पढेको कुरा छिटो विर्सने समस्या हुन्छ।

समग्रमा अध्ययनमा सफलता प्राप्तिका लागि वास्तु अनुसार निम्न सामान्य नियमहरु ख्याल गरिनु जरुरी हुन्छ।

– विद्यार्थीका लागि अध्ययन कोठा घरको पश्चिम, पूर्व वा उत्तर पूर्व कोणतिर बनाइनुपर्छ। तर तपाई डेरामा बस्नुहुन्छ वा तपाईको एउटा मात्र कोठा छ भने कोठाको उत्तर वा पूर्वतर्फको कुनामा अध्ययन गर्ने स्थान बनाउनु शुभ हुन्छ।
– विद्यार्थीले पूर्व वा उत्तर तर्फ फर्केर अध्ययन गर्नु शुभ हुन्छ।
– अध्ययन कोठाको उत्तर वा पूर्व तिर झ्याल बनाउनु राम्रो हुन्छ। अध्ययन कोठामा झ्याल पश्चिम तिर सानो र पुर्वतिर ठुलो बनाउनु शुभ हुन्छ।
– अध्ययन गर्दा विद्यार्थी सिधा विम मुनी बस्नु हँदैन।
– अध्ययनकोठामा स्वतन्त्र रुपमा हावाको ओहोर दोहोर हुने र उज्यालो हुनु पर्छ।
– विद्यार्थीले झ्याल तर्फ फर्केर पढ्नु हुँदैन।
– अध्ययन गर्ने क्रममा विद्यार्थीको सिधा पछाडी भित्ता वा अडेसा लाग्न सकिने अवस्था हुनु शुभ मानिन्छ।
– अध्ययन गर्ने टेवल वर्गाकार वा आयतकार हुनु शुभ मानिन्छ।
– पुस्तक राख्ने टेवल वा दराज कोठाको उत्तर वा पूर्व तर्फ राखिनु पर्छ। यदि कोठाको दक्षिण पश्चिम तर्फको कुनामा पुस्तक राखिएमा ति पुस्तकहरु पढिदैनन। यदि उत्तर पश्चिम तर्फ राखिएमा पुस्तकहरु हराउँन पुग्छन।
– अध्ययन कोठामा ह्रिंसक एवं उत्तेजक देखिने किसिमका तस्वीर वा दृश्यहरु राखिनु हुँदैन।
– कोठामा भगवान श्री गणेश, माता सरस्वती लगायत हिमाल आरोहण गरेको, प्रसिद्ध व्यक्तित्वहरुको, सुन्दर बगैंचाहरु भएको जस्ता फोटो हरु टाँस्नु शुभ मानिन्छ। यस्ता दृश्यहरुले बिद्यार्थीलाई निरन्तर उत्प्रेरणा दिईरहन्छ।
– कोठामा आवश्यक पर्ने कम्प्युटर लगायत मेशिनरी सामानहरु कोठाको दक्षिण पूर्व तर्फ राखिनु पर्छ।
– पेण्डुलम घडी कोठाको उत्तरतर्फ राख्नु उत्तम हुन्छ।
– अध्ययन गर्ने कोठामा हलुका किसिमको पहेंलो, सुन्तला वा निलो रंग प्रयोग गर्नु शुभ हुन्छ।
– पढ्ने कोठामा वास्तु पिरामिड राख्नु शुभ हुन्छ।
– अध्ययन कोठा शान्त हुनुपर्छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 14, 2023| 19:07 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्