बिहीबार, जेठ २८, २०८३

जापानको टोकियो र फुकुओकामा गुञ्जियो नेपथ्य

नेपथ्य ब्यान्डको संगीतमा रमिन फुकुओकामा आजसम्मकै ठूलो नेपालीको जमघट।
 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं– राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले दर्शकबाट ठूलो प्रशंसा बटुलेको छ।

National life

पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलले भरिएको सहरका रुपमा चिनिने फुकुओकामा पछिल्लो समय नेपालीको संख्या झन्डै १० हजार पुगेको अनुमान आयोजकको छ।

‘हालसम्म यहाँ आएका नेपालीको ठूलो भेला भनेकै ६ सय मानिसको उपस्थिति थियो,’ कन्सर्ट आयोजक टोलीका प्रकाश थापा भन्छन्, ‘त्यस हिसाबले शनिबार नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको संख्या यो सहरमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली जमघट हो।’

नेपथ्यको प्रस्तुतिका लागि ६ बजे सिभिक हलका ढोका खुला गरिएका थिए। बेलुकी ७ बजे कन्सर्ट सुरु हुनेबित्तिकै सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरी जाउँला’ को म्युजिक भिडियो प्रस्तुत गरिएको थियो। त्यसपछि मञ्चमा उपस्थित नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार भएको थापा सुनाउँछन्।

त्यो क्रमलाई ‘भेंडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ले निरन्तरता दिएको थियो।

Shivam cement

गायक अमृत गुरुङले नेपालीहरु बिदेसिने परम्पराबारेमा दर्शकसँग चर्चा गरे। ‘ठूलो संख्यामा युवा पुस्ता बाहिरिने क्रमले  अहिले नेपाली समाज एकखाले शून्यतातर्फ अघि बढ्दै गइएको छ,’ उनले थपे, ‘कुनै समय यसैगरी बाहिरिने परम्परा सुरु गरेका लाहुरेले भने उतिबेला फर्केर आउँदा उताबाट मीठामीठा गीत पनि बोकेर ल्याउने चलन थियो।’

त्यसपछि उनले गोर्खा फौजले उतिबेलै भित्र्याएको ‘नैनताल नैनताल, घुमिआयो रेल, आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल’ गीत सुनाए। यस्तै, ‘रेशम’ र ‘तालको पानी’ ‘रातो र चन्द्रसूर्य’ गाउने बेलामा दर्शक झनै झुम्मिएको थापा बताउँछन्। 

जापानी नागरिकमाझ पनि नेपथ्य कन्सर्टका चर्चा विस्तार हुन थालेका छन्। ‘दर्शकलाई मनोरञ्जनले भरिपूर्ण बनाउँदै सम्मोहनमा बाँधेर राख्न सक्ने ऊर्जा नेपथ्यमा गजबको देखिएको छ,’ नेपाली भाषाका अध्येता हारोहुतो नोजुले उनको फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘यो जिन्दगानी’ गीत गाइरहँदा मैले आँसु थाम्न सकिनँ। त्यसैगरी ‘गाउँगाउँबाट उठ’ अनि ’रातो र चन्द्रसूर्जे’ गाइरहँदा अन्य दर्शकसँगै म पनि उफ्रिरहेको थिएँ।’ 

नेपथ्यबारे नेपालस्थित जापानी दूतावासले समेत आफ्नो सामाजिक सन्जालमा पोस्ट राखेको छ। ‘फुकुओकामा नेपथ्य कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ,’ आयोजक टोलीका थापा भन्छन्, ‘यो कन्सर्ट हेर्न हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुगेका थिए।’

फुकुओकाको कन्सर्ट सम्पन्न भएपछि १४ सदस्यीय नेपथ्य टोली अर्को सहर ओशाकातिर लागेको छ। ब्यान्डले १७ अगस्तमा  ओशाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोक–रक पस्किनेछ।

प्रकाशित: Aug 14, 2023| 14:34 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।