बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • संखुवासभा घटना: पाँच दिनमा पनि कैदीको शव आफन्तले बुझ्न मानेनन्

संखुवासभा घटना: पाँच दिनमा पनि कैदीको शव आफन्तले बुझ्न मानेनन्

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

संखुवासभा- जिल्ला कारागार संखुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन्।

National life

बुधबार बिहान संखुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय आकास बलामीको शंकास्पद मृत्यु भएको थियो। पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि शनिबार शव परीक्षण भने गरिएको छ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। किटानी जाहेरीपछि शव परीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन्।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको छ।

अनुसन्धान टोलीले सीसीटीभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ। सीसीटीभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो।

Shivam cement

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायत विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका छन्।

कारागारका निमित्त प्रमुख घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक चौधरीलगायत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो। -रासस

प्रकाशित: Aug 13, 2023| 07:09 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्