मंगलबार, मंसिर २३, २०८२

वास्तुमा के छ १० दिशाको महत्व ?

 |  बिहीबार, साउन २५, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, साउन २५, २०८०

वास्तुमा १० दिशा अर्थात पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (उत्तर पूर्व), नैऋत्य (दक्षिण पश्चिम), वायव्य (उत्तर पश्चिम), आग्नेय (दक्षिण पूर्व), आकाश (उर्ध्व), पाताल (अधो) को आफ्नै महत्व हुने गर्दछ।

National life

वास्त्रुशास्त्रका नियमले घर, अफिस र व्यापारिक अनुष्ठानमा आउने नकारात्मक ऊर्जा भगाउन सकिन्छ। कुन दिशामा कुन वस्तु हुनुपर्दछ यसबारे समेत वास्तुका नियमले स्पष्ट गर्दछ।

कतिपय अवस्थामा वास्तु नियमको जानकारी भएर पनि हामी नकारात्मक ऊर्जाबाट घेरीएका हुने गर्दछौ । जसले हाम्रो जीवनको सफलता रोक्ने गर्दछ । त्यसैले वास्तुका यी नियम पालना गर्नुपर्दछ ।

१. पूर्व दिशाका स्वामी सूर्य देव हुन् । तसर्थ यस दिशामा घरको मुख्यद्वार हुनु पर्दछ ।
२. पश्चिम दिशाको देवता वरूण र ग्रह स्वामी शनि हो । यस दिशामा मुख्यद्वार हुनु हुदैन ।
३. उत्तर दिशाका देवता कुबेर हुन्, यस दिशामा घरको मुख्यधन राख्ने दराज हुनु पर्दछ ।
४. दक्षिण दिशामा घरको भारी वजनका सामान राख्नु पर्दछ ।
५. ईशान कोण अत्यन्त शुभ मानिन्छ । त्यसैले यस स्थानमा घरको मन्दिर हुनु पर्दछ ।
६. आग्नेय कोण अग्नि देवको स्थान हो । यस दिशामा घरको भान्सा हुनु पर्दछ ।
७. वायव्य कोण वायु देवको स्थान हो । यस दिशामा झ्याल, भेन्टिलेटर हुनु पर्दछ ।
८. नैऋत्य कोण पृथ्वी तत्वको स्थान हो यस दिशामा दराज, सोफा, मेच राख्नु पर्दछ ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 10, 2023| 19:07 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्