मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

के हो मणिबन्ध रेखा ?

 |  बुधबार, साउन २४, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, साउन २४, २०८०

हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ।हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

triton college

कुन मणिबन्ध रेखाको अर्थ के ?

यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ।यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

१ मणिबन्ध रेखाः

यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ।मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ।

Metro Mart
vianet

मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन्।मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ।मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ।यो दुर्भाग्यको संकेत हो ।
हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन्।कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

मणिबन्धमा २ रेखाः

तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नुपर्छ।यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

मणिबन्धमा ३ रेखाः

यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो।यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् ।

मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ।तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

 

प्रकाशित: Aug 09, 2023| 19:07 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्