मंगलबार, मंसिर २३, २०८२

घरमा आग्नेय कोणको महत्व के छ ?

 |  मंगलबार, साउन २३, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, साउन २३, २०८०

अग्निले प्रतिनिधित्व गर्ने कोण भएकोले आग्नेय कोणलाई ऊर्जाको लागि उपयुक्त मान्ने गरिन्छ। आग्नेय कोण पूर्व र दक्षिणतर्फको कोण हो। सूर्य उदाएलगत्तै सबैभन्दा पूर्वतर्फको भाग सूर्यको स्पर्शमा पर्छ। त्यसैले यो कोणले आफैंमा ऊर्जाको प्रतिनिधित्व गर्ने गर्छ। त्यसकारण यो विश्वास गरिन्छ कि यस दिशामा एक किसिमको विशेष ऊर्जा पाउन सकिन्छ। यस दिशामा भान्साकोठा राख्नु उपयुक्त मानिन्छ। यसतर्फ बिजुलीका उपकरणहरू समेत राख्न सकिन्छ।

National life

आग्नेय कोण पानीजन्य सामग्री राख्नको लागि उपयुक्त मानिँदैन। आगो र पानी एकै ठाउँमा राख्न उपयुक्त हुन्न। आग्नेय कोणमा पानीजन्य सामग्री राख्न नमिल्ने भएकोले आग्नेय कोणमा खाना खाने ठाउँ बनाउनु उपयुक्त हुँदैन।
आग्नेय कोणको वास्तुदोष

– आग्नेय कोणमा मूल ढोका राख्नु उपयुक्त मानिँदैन। यस्तो हुँदा विभिन्न किसिमका रोगहरूले सताउन सक्ने वास्तु शास्त्रमा उल्लेख छ।

– दिनभरि घरमा घामको किरण परिरहनुले घरमा अक्सिजनको स्तर कम हुन्छ। यसले गर्दा परिवारका सदस्यहरूमा बेचैनी र असहज अवस्था सिर्जना हुन्छ।

वास्तु निवारणको लागि के गर्ने ?

Laxmi sunrise bank
kumari

वास्तुशास्त्रीहरू वास्तु दोष निवारणको उपायबारे समेत बताउँछन्। त्यसको लागि घरमा विभिन्न वनस्पतिहरू लगाएर पनि वास्तु दोष हटाउन सकिन्छ भन्ने मान्यता छ। पर्यावरणको लागि समेत राम्रो मानिने तुलसी बुरुजो, रुद्राक्ष, बेल, परिजात, शमी, आँप, रातरानी, जयन्ती फूलजस्ता वृक्ष रोपेर पनि वास्तुदोष निवारण गर्न सकिने वास्तुशास्त्रमा उल्लेख छ।

प्राचीन समयमा वास्तुदोषबाट बचको लागि घरमा स्वस्तिक चिह्न लगाउने, घरमा माछा पाल्ने, पाञ्चायन भगवानको पूजा गर्ने जस्ता उपाय अपनाइन्थ्यो। अहिले पनि हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई अपनाउने गर्छन् ।

 

प्रकाशित: Aug 08, 2023| 19:07 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्