यदि कसैको चिना छैन र वास्तविक जन्म समय थाहा छैन, तर जन्म दिन भने थाहा छ भने त्यस्ता सबै व्यक्तिले यो अंक ज्योतिषको माध्यमलाई आत्मसाथ गरी रत्न धारण गर्दा निश्चय पनि जीवनलाई शुभ बनाउन सकिन्छ।
अंक ज्योतिषको आधारबाट हामीले आफ्नो भाग्य वृद्धि गर्न शुभ रत्नको चयन गर्न सक्छौं। यो चुनाव यस प्रकार गरिन्छ।
मुलांकः १ (जन्म दिन १,१०,१९,२८)
अंक १ को प्रतिनिधी ग्रह सूर्य हो। जो ब्यक्तिको जन्म कुनै पनि महिनाको १, १०, १९, र २८ अंकको दिनमा हुन्छ, तिनको मुलांक १ हुन्छ। यि व्यक्तिले आफ्नो सौभाग्य बृद्धिको लागी माणिक्य रत्न धारण गर्नु श्रेयश्कर हुन्छ।
मुलांकः २ (जन्म दिन २, ११, २०, र २९)
यो अंकको प्रतिनिधी ग्रह चन्द्रमा हुन्छ। यस अंकमा जन्म हुने ब्यक्तिको मुलांक २ हुन्छ। यस अंकका व्यक्तिले आफ्नो जीवनलाई समृद्ध बनाउँन मोती धारण गर्नुपर्छ।
मुलांकः ३ (जन्म दिन (३, १२, २१, ३०)
अंक ३ को स्वामी ग्रह गुरु बृहस्पति हुन्छ। कुनै महिनामा यस अंकमा कसैको जन्म भएको छ भने त्यसको मुलांक ३ हुन्छ। यि व्यक्तिले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन पहेलो पुष्पराज धारण गर्नुपर्छ।
मुलांकः ४ (जन्मदिन ४, १३, २२, ३१)
यस ४ अंकको स्वामी ग्रह, हर्षले र युरेनस हो। साथै ४ अंकलाई राहु अंक पनि भनिन्छ। पाश्चात्य ज्योतिषअनुसार हर्षले र सुर्य दुबैले अंक १ सँग पनि सम्बन्ध राख्दछन। कुनै पनि महिनाको ४ अंकको दिन जन्म हुने व्यक्तिले सौभाग्य बृद्धीहेतु गोमेद धारण गर्नु पर्छ।
मुलांकः ५ (जन्म दिन ५, १४, २३)
यो अंकको प्रतिनिधी ग्रह बुद्ध हो। जो व्यक्तिको जन्म अंक ५, १४ वा २३ मा भएको छ भने बाकपटुता, ब्यापार मनोवृति नितिज्ञ, खोज, स्वार्थी शक्ति एवं ईष्यालु प्रकृति हुन्छ। तसर्थ यिनले आफ्नो सौभाग्य बृद्धी गर्नका लागी पन्ना धारण गर्नु पर्छ।
मुलांकः ६ (जन्म दिन ६, १५, २४)
यो अंकको स्वामी ग्रह शुक्र हो। यस अंकमा जन्मने व्यक्तिको मुलांक ६ हुन्छ। यिनले जीवनमा सम्पुर्ण सुख प्राप्तिका लागी हिरा धारण गर्नु पर्छ।
मुलांकः ७ (जन्म दिन ७, १६, २५)
यो अंकको स्वामी ग्रह नेप्च्युन हो। तर, ब्यबहारिक रुपमा भने यस ग्रहले केतु र चन्द्रमालाई प्रभावित गर्दछ। यस अंकमा जन्म हुनेको मुलांक ६ हुन्छ। र, यिनले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन लसुनिया धारण गर्नु पर्छ।
मुलांकः ८(जन्म दिन ८, १७, २३)
यस अंकको स्वामी ग्रह शनि देव ग्रह हो। यस अंकमा जीवन लिने व्यक्ति शनि ग्रहसँग प्रभावित हुन्छ। तसर्थ शनिको प्रभावलाई अनुकुल गरेर समृद्ध जीवन बनाउँन र सौभागयशाली बन्न निलम धारण गर्नु पर्छ।
मुलांकः ९ (जन्म दिन ९, १८ र २७)
यस अंकको स्वामी ग्रह मंगल हो। जो कोहीको पनि जन्म यस अंकमा भएको छ भने त्यस व्यक्तिलाई अंक ९ ले प्रभावित गर्छ। ’cause त्यस व्यक्तिको मुलांक ९ हुन्छ। मंगल उथलपुथल गर्ने ग्रह भएकोले यस अंकका व्यक्तिले जीवनलाई सहज र सौभाग्यशाली बनाउँन मुंगा धारण गर्नुपर्छ।