आइतबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पेबाट हवाई टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क

आइएमई पेबाट हवाई टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क

 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं- आइएमई पे बाट बुद्ध एयरको टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क प्राप्त गर्न सकिने भएको छ। आइतबार आइएमई पे र बुद्ध एयरबिच वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने सम्झौता भएको हो।

सम्झौता अनुसार यात्रुहरूले आईएमई पे मार्फत पैसा तिर्दा प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन्। आईएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

उनका अनुसार आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले सम्झौता गरिएको हो।

प्रकाशित: Aug 07, 2023| 12:48 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्