सोमबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौं: वन्डर्स नेपाल

स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौं: वन्डर्स नेपाल

 |  आइतबार, साउन २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

vianetvianet

वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको 'स्काई वाक' का लागि सबै कानूनी मापदण्ड र प्रक्रिया पूरा गरेको स्पष्ट पारेको छ। यसका लागि योजना अनुमति, उचाई अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्रलगायत सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स नेपालले स्पष्ट पारेको हो।

स्काई वाक आधिकारिक रूपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै आफूहरू उत्साही भएको पनि वन्डर्स प्रालिले जनाएको छ।

'नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरूबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रक्रियाहरू जस्तै- श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरू समेतलाई पूर्ण रूपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं,' वन्डर्स प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानून बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ।'

प्रकाशित: Aug 06, 2023| 17:29 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्