मंगलबार, फागुन २६, २०८२

आँखा पाके के गर्ने, के नगर्ने ?

हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ।
 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो। काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ।

National life

एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका लक्षणहरु
- आँखा रातो हुने र चिलाउने
- आँखाबाट आँसु बगिरहने वा कचेरा / चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुन्निने
- आँखा बिझाउने/दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु
- संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
- संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
- जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
- व्यक्तिगत सरसफाइमा ध्यान दिने।

भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन।

Laxmi sunrise bank
kumari

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ?
- भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ।
- घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
- बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।
- आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
- आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
- बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।
- संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धु वा सफा गर्ने।
- प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
- संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्रोत- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित: Aug 07, 2023| 05:55 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्