मंगलबार, वैशाख २५, २०८१

चलचित्र समीक्षा: रकी ‌और रानी

प्रेमकथासँगै सामाजिक कुरितीमा प्रहार

खासमा प्रेमकथा भए पनि समाजमा जकडिएर रहेका पुरातन परम्परा र मानकहरुलाई चलचित्रले भंग गर्ने प्रयास गरेको छ।
 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

परिवार, प्रेम र ड्रामा सधैं लभस्टोरी भएका चलचित्रहरुमा देख्न सकिन्छ। बलिउडका चर्चित निर्माता–निर्देशक करण जौहरको ‘रकी और रानी की प्रेम कहानी’ मा त्यस्तो के नयाँ छ?

triton college

शुक्रबार रिलिज भएको यस चलचित्रलाई समीक्षकहरुले नयाँ बोतलमा पुरानो रक्सीको संज्ञा दिइरहेका छन्। खासमा प्रेमकथा भए पनि समाजमा जकडिएर रहेका पुरातन परम्परा र मानकहरुलाई चलचित्रले भंग गर्ने प्रयास गरेको छ।

चलचित्रमा अभिनेता धर्मेन्द्र, शबाना आजमी र जया बच्चन जस्ता दिग्गजहरुको उपस्थितिले एक फरक खालको कम्बिनेशन देखिएको छ भने रणवीर सिंह र आलिया भट्टको केमेस्ट्री दर्शकले मन पराइरहेका छन्। लगभग तीन घन्टा लामो यो फेमिली इन्टरटेनरको मुख्य आकर्षण यही हो।

चलचित्रमा दर्शकहलाई सबैभन्दा धेरै तान्ने सन् १९६० देखि ८० को दशकका केही लोकप्रिय हिन्दी चलचित्रको हिट गीत हुन्। यस अतिरिक्त करण जौहरले स्क्रिप्टमा कतियस्ता गम्भीर मुद्दाहरुलाई उठाउने प्रयास गरेका छन्, जो आवश्यक रहेको चलचित्र समीक्षकहरुको भनाइ रहेको छ।

चलचित्र दर्शकहरुलाई हरेक प्रकारले मनोरन्जन दिने एक फेमिली ड्रामा हो। यसमा स्पष्ट भनिएको छ, विवाहित जोडीको लागि स्टेयरिङ ह्विल उनको हातमा हुन सक्छ तर पछिको सिटमा चालकको रुपमा सञ्चालन गर्ने परिवार नै हुन्छ।

corrent noodles
Metro Mart

दिल्लीको रकी रंधावा (रणवीर सिंह) धेरै बोल्ने, फुर्तिलो ठिटो हो। उनी सबैभन्दा ठूलो मिठाई वाला खानदानको एकलौटी वारिस हुन्। उनी एक संयुक्त परिवारमा बस्छन्, जहाँ घर र मिठाईको बिजनेसमाथि उनकी कडा मिजास भएकी हजुरआमा धनलक्ष्मी (जया बच्चन) को राज चल्छ।

धनलक्ष्मीको हैकम यस्तो छ कि उनकी बुहारी (क्षिति जोग) र नातिनी गायत्री (अंजलि आनंद) उनीसँग डर मान्छन्। कतिसम्म भने उनका आज्ञाकारी छोरा तिजोरी (आमेर बशीर)पनि पारिवारिक मामिलामा स्वतन्त्र फैसला लिन पाउँदैनन्।

एक दिन रकीका स्मरणशक्ति गुमाइसकेका हजुबुवा कंवल रंधावा (धर्मेन्द्र) पार्टीमा गेस्ट (शीबा)लाई जामिनी सम्झेर चुम्बनको इशारा गर्छन्। जब यसबारेमा रकीले थाहा पाउँछन्। उनी जामिनी को हुन् भनेर खोजी सुरु गर्छन्। उसको हात आफ्नो हजुरबुवा र जामिनीको जवानीको दिनको एक ब्लाक एन्ड ह्वाइट फोटोमा लाग्छ।

त्यसपछि रकी आफ्नो हजुरबुवाको एकतर्फी प्रेम जामिनीको खोजमा निस्किन्छ। जहाँ उनको भेट टीवी न्यूज एंकर रानी चटर्जी (आलिया भट्ट) सँग हुन्छ। जो आफ्नो आमा–बुवा (चुर्नी गांगुली र टोटा रॉय चौधरी) र हजुरआमा जामिनी चटर्जीसँग बस्छिन्। जामिनीको भूमिकामा शबाना आजमीलाई देख्न सकिन्छ। 

रकी र रानी दुवैमा धेरै अन्तर हुन्छन्। उनीहरुको संस्कृति, राजनीतिक विचार, जीवनशैली र भाषा पनि एकदमै फरक हुन्छ। समयसँगै दुवैको भेटघाट बाक्लिँदै जान्छ र दुबै प्रेममा पर्छन्। दुबैको बीचको सांस्कृतिक भेट मेटाउन उनीहरुलाई एक अर्काको घरमा तीन महिनासम्म बस्ने फैसला लिन्छन्।

चलचित्र लेखिका इशिता मोइत्रा, शशांक खेतान र सुमित रायले पंजाबी र बंगाली समुदायको विविधताको हरेक पक्षको भरपूर उपयोग गरेका छन्। जौहरले समाजमा प्रचलित पारम्परिक सोचलाई पनि तोड्ने प्रयास गरेका छन्। जसलाई सम्मान र अनेक नाम दिएर आजसम्म कायम राखिँदै आएको छ।

पितृ सत्तात्मकताको मानसिकतामाथि प्रहार गर्दै रकीको परिवारकी मुखिया एक महिला हुन्। बडी शेमिङले कसरी व्यक्तिलाई मानसिक रुपले प्रभावित गर्छ भन्ने ककुरा राम्रो गायकीको कला हुँदाहुँदै पनि परिवारकी बुहारीले आफ्नो सपनालाई त्याग्न बाध्य हुन्छिन्। जसलाई रियालिटी शोहरुमा भाग लिने ठूलो रहर छ।

अर्का चरित्र तोता राय चौधरी, एक यस्तो पिताको रूपमा हुन्छन् जसलाई कथक नृत्यप्रति छुटटै मोह हुन्छ तर उनलाई नृत्य गर्नमा बन्देज लगाइन्छ। यस्ता थुप्रै कुरा चलचित्रमा देखाइएको छ जसलाई समाज र परिवारले लाज र अनेक नाममा प्रताडित गर्छ, जसको विरुद्धमा चलचित्रले बोलेको छ। दर्शकलाई सबैभन्दा बढी गीतसंगीत मन पर्ने छ। यसमा पुराना सदाबहार गीतहरुको रिमिक्सले मन लोभ्याउँछ।  

चलचित्रमा एक सीन हाइ प्वाइन्टमा छ, जहाँ दुई पुरुष पात्र आत्मविश्वासका साथ डोला रे डोला नृत्य गर्छन्। चटर्जीको पिताले कथक नृत्य गर्दा जो हाँस्थे र तिरस्कार गर्थे उनीहरुलाई यो नृत्यको माध्यमबाट साबित गर्ने प्रयास गरिएको छ कि कलाको कुनै लिंग हुँदैन। जो जस्तो छ उनलाई त्यस्तै स्वीकार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। चलचित्रमा मानुष नंदनको फोटोग्राफी, लोकप्रिय गायक अरिजीत सिंह र श्रेया घोषाल, जोनिता गान्धी र भूमि त्रिवेदीका गीतहरुले चलचित्रलाई सर्वप्रिय बनाइदिएको समीक्षकहरु बताउँछन्।


 

प्रकाशित: Jul 30, 2023| 06:12 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्