शुक्रबार, साउन २३, २०८२

परनिर्भरताको नमुना

वर्ष दिनमा २ करोडको सियो, सवा करोडको टुथपिन आयात  

व्यापार घाटा बेहोरिरहेको नेपालले उत्पादनमूलक अर्थ व्यवस्थामा जोड दिनुपर्ने भए पनि सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको स्तर कमजोर रहेको पुष्टि हुन्छ।
 |  शनिबार, साउन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

vianetvianet

काठमाडौं– मुलुक सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुमा समेत परनिर्भर हुँदै गएको देखिएको छ। 

भन्सार विभागले पछिल्लो आयात निर्यातको विवरणअनुसार नेपालले गत आव २०७९÷८० मा मात्रै २ करोडको सियो र १ करोडको दाँत कोट्याउने सिन्को (टुथपिन) आयात गरेको छ। जबकि यी सामग्री नेपालमा थोरै पुँजी र सीपमै तयार गर्न सकिन्छ। 

विभागका अनुसार गत आवमा १ करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ।

विभागका अनुसार नेपालमा करिब १ करोड बराबरको कपडा झुन्ड्याउने ह्यांगर आयात भएको छ। विभागका अनुसार गत आवमा २ करोड ५ लाख ४९ हजार मूल्य बराबरको ह्यांगर निर्यात पनि भएको छ।

गत आवमा लुगा सिउने सियो र सेफ्टी पिन आयातमा २ करोड बढी रकम बाहिरिएको छ। गत आवमा १ करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ। यसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व संकलन गरेको छ।

Metro Mart

यस्तै, विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिइरहेको छ। विवरणअनुसार गत आवमा १ अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन्।

एक वर्षमा १ अर्ब २६ करोड ५४ लाख बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ। विभागका अनुसार गत आवमा १५ करोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ।

कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादनबिना सुदृढ हुने अवस्था रहँदैन। निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको नेपालले उत्पादनमूलक अर्थ व्यवस्थामा जोड दिनुपर्ने भए पनि सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको स्तर कमजोर रहेको पुष्टि हुन्छ।

प्रकाशित: Jul 29, 2023| 11:00 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्