शुक्रबार, जेठ २९, २०८३

वास्तुअनुसार घर निर्माणअघि ख्याल गर्नैपर्ने कुरा

 |  बिहीबार, साउन ११, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, साउन ११, २०८०

वास्तुशास्त्र एक यस्तो विज्ञान हो जसले घर निर्माणका हरेक विषयलाई निर्देश गरेको हुन्छ। पछिल्लो समय वास्तुशास्त्र निर्माण क्षेत्रको अपरिहार्य विषय बनेको छ। जो कसैले पनि वास्तुशास्त्रको मान्यतालाई इन्कार गर्न सक्दैन। यो केवल परम्परामात्र नभई एक विज्ञान हो।

National life

वास्तुअनुसार घर निर्माण गर्दा तपाईंको जीवनमा सुख र शान्ति मिल्छ। वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले। अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ।

घर निर्माणअघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ।
१. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ। साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ।

२. वास्तु अनुसार शयनकक्ष अर्थात् बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिशामा होस्। सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन।

३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ।

Shivam cement

४. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ। खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ। यसले सकारात्मक उर्जा सञ्चार हुन्छ।

५. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिँदैन।

६. ढलान भएको वा खोचमा घर बनाउनु उपयुक्त हुँदैन।

७. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ।

८. त्रिभुज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन। एकातिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिँदैन।

९. भान्सा, बगैंचा अदि मुख्य द्वारको सामुन्ने बनाउनु हुँदैन।

१०. मुख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन।

११. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने त्यहाँ बसोबास गर्न योग्य मानिँदैन।

१२. दुई ठूलो घरको बीचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन।

१३. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिँदैन। सडक किनारमा बनेको घर पनि शुभ मानिँदैन।

प्रकाशित: Jul 27, 2023| 19:07 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्