शनिबार, असार २७, २०८३

गत आवमा ७८ करोडको सिमेन्ट र क्लिंकर भारत निर्यात

हाल नेपालका क्रमशः पाल्पा सिमेन्ट, अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्दै आएका छन्। 
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं– भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोडको सिमेन्ट भारतमा निकासी भएको तथ्यांक सार्वजनिक गरेको छ। गत आवमा नेपालबाट भारतमा ७७ करोड ९३ लाख लाख मूल्य बराबरको सिमेन्ट बिक्री भएको विभागको तथ्यांक छ।

सरकारले सिमेन्ट निर्यातमा अनुदान दिएसँगै नेपालबाट सिमेन्ट निर्यात बढेको छ। सिमेन्ट निर्यातकर्तालाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने गरेको छ। हाल नेपालका तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन्।

विभागका अनुसार ३५ करोड ८९ लाख ५१ हजारको ६ लाखको ७ हजार ७३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजारको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर भारत निर्यात भएको हो।

नेपालमा ६० बढी सिमेन्ट उद्योग सञ्चालनमा रहेको सिमेन्ट उत्पादक संघको तथ्यांक छ। तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्।

यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन छ। हाल नेपालका क्रमशः पाल्पा सिमेन्ट, अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्दै आएका छन्।

प्रकाशित: Jul 26, 2023| 15:11 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्