शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री रोजगार कार्यक्रमः एक वर्षमा साढे ८९ हजारले पाए सडक, नाली कोतर्ने जागिर

प्रधानमन्त्री रोजगार कार्यक्रमः एक वर्षमा साढे ८९ हजारले पाए सडक, नाली कोतर्ने जागिर

आव २०७५/७६ बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म करिब ६ लाखले तोकिएको औसत दिनको रोजगारी प्राप्त गरिसकेको सरकारी तथ्यांक छ।
 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

काठमाडौं– प्रतिफल दिन नसकेको भन्दै आलोचनमा पर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय स्तरमा सरकारमा सहभागी दलका कार्यकर्ता व्यवस्थापनका लागि सहयोगी बन्दै गएको छ। 
चालू आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८६ हजारलाई न्यूनतम सयदिने रोजगारी दिने सरकारी लक्ष्य भए पनि ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विवरण सार्वजनिक गरेको छ। सरकारी लक्ष्यभन्दा यो संख्या ३ हजार ५१९ बढी हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उपलब्ध बजेटका आधारमा श्रम मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा बढी संख्याले रोजगारी पाएको देखिएको कार्यक्रममा राष्ट्रिय निर्देशक रामचन्द्र ढकालले बताए। श्रम मन्त्रालयका सहसचिवसमेत रहेका ढकालले बजेट छुट्याउँदा न्यूनतम सयदिने रोजगारी कार्यक्रम भनिएकाले सोहीअनुसार रोजगारी दिन सकिएको उल्लेख गरे।

कार्यक्रमका लागि गत आवमा ४ लाख ५३ हजार ४४५ जना महिला, ३ लाख ८३ हजार ९०१ पुरुष र अन्य ३३ सहित गरी ८ लाख ४१ हजार ३७९ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए। देशभरका ७३५ पालिकाबाट सूचीकृत भएका बेरोजगारमध्ये बजेटको सीमामा रहेर प्राथमिकताका आधारमा ८९ हजार ५१९ जनाले कार्यक्रममार्फत रोजगारी पाएका हुन्।

आव २०७५/७६ बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म करिब ६ लाखले तोकिएको औसत दिनको रोजगारी प्राप्त गरिसकेको सरकारी तथ्यांक छ। कार्यक्रम सञ्चालन गर्न आव २०७९/८० मा ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरिएको थियो। 

प्रकाशित: Jul 26, 2023| 10:56 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्