बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निःसन्तान दम्पतीका लागि वरदान हो आईभीएफ

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं । कुनै पनि दम्पतीको विवाहपश्चात सन्तान प्राप्तिको चाहना हुन्छ तर विभिन्न कारणहरुले सन्तान सुख प्राप्त गर्न सकिरहेका हुदैन् । तर यसको जिम्मेवारी महिला र पुरुषमा बराबरी रुपमा हुने चिकित्सकहरुले बताउँदै आएका छन् ।
बाँझोपनको समस्या कि आउँछ ?,यो समस्या आउँन नदिन के गर्ने ? बाँझोपनकै कारण कुनै दम्पतिले सन्तान सुख प्राप्त गर्न नसक्ने हुन त ? आईभीएफ किन र कस्ता व्यक्तिलाई आवश्यक छ ?आईभीएफ किन र कस्ता व्यक्तिलाई आवश्यक छ? यी विषयमा वरदान फर्टिलिटी सेन्टर काठमाडौंका प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. सविना सिम्खडासँग सञ्जिता खनालले कुराकानी गरेकी छन्।

himalayan bank box

बाँझोपन भनेको के हो ?

बाँझोपन भनेको एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरिकन निरन्तर रुपमा महिला र पुरुषले बच्चा जन्माउँनका लागि सम्पर्कमा बस्दा पनि बच्चा नहुनु बाँझोपना हो ।  

बाँझोपनको समस्या भन्ने वितिकै अझै पनि महिलालाई नै आक्षेप लगाईन्छ , यसमा भागेदारी महिला मात्र हुन् त ?
बाँझोपनको समस्या महिलामा मात्र,पुरुषमा मात्र वा दुवै पक्षको कमजोरीको कारणले हुन्छ । महिलाबाट उत्पादन हुने अन्डा र पुरुषको शुक्रकिटको मिलन भएर गर्भ हुने हो । बाँझोपनको समस्यामा महिला र  पुरुष बराबरी रुपमा भागेदार हुन्छन् ।

महिला र पुरुषमा बाँझोपन आउनुको कारण के के हुन् ?

Metro Mart
vianet

महिलामा बाँझोपनको समस्या आउँने कारण भनेको ढिलो विवाह गर्दा जन्मजात लिएर आएको अन्डा कम हुदै जानु हो । ढिलो विवाहका कारणले गर्दा विभिन्न पाठेघर,अण्डाशय, डिम्वाशयका रोगहरु पनि देखिन थाल्छ । पोलिसिस्टीक ओभरसिस्टका कारणले गर्दा अत्यधिक अन्डा हुने ,अन्डाको विकाश राम्रो नहुने, ईन्फेक्सनका कारण गर्भ नली बन्द हुने,पाठेघरको संक्रमण हुने,साना साना टिउमर पलाउँने जस्ता कारणले बाँझोपनको समस्या आउँछ ।
कुनै महिलाले राम्रो खानपान जीवनशैली अपनाएकामा अन्डा पनि राम्रो हुन्छ । जंकफुड बढी खाने, व्यायममा ध्यान नदिने महिला, अझ भनौ बाहुन क्षत्री समुदायमा पछिल्लो समय खानेकुरा ध्यान नदिने देखिन्छ  । गुन्द्रुक मस्यौरा, चिया बिस्कुट, चाउचाउमा पौष्टिक तत्व त पाईदैन् । बाहिरको खानेकुरा खाएपछि त्यस्ता महिलाको तौल बढेर अन्डा अत्यधिक बढी हुने अन्डाको विकासक्रम नै नहुने जस्ता कारणले बाझोपनको समस्या देखिन्छ ।
यता, पुरुषमा बाझोपनको समस्या आउँनु भनेको शुक्रकिटको मात्रा अत्यधिक कम हुनु हो । नेपालको परिबेशमा भन्नु पर्दा बैदेशिक रोजगारीमा अझ खाडीमुुलुक जहाँ अत्यधिक गर्मी छ त्यस्ता स्थानमा काम गर्ने पुरुषहरुमा ,सेफहरुमा र गाडी चलाउँने ड्राईभरमा शुक्रकिटको चाल र आकारमा परिवर्तन हुन थाल्छ । शुक्रकिट हाम्रो शरिरको तापक्रम भन्दा दुई डिग्री कम तापक्रम चाहिन्छ । भेरिकोशिल,ईन्फेक्सन,शुक्रकिट निकासनमा समस्या,बंशाणुगत कारण,ईमुुनोलोजिक, विभिन्न प्रकारको औषधिको प्रयोग नली बन्द(सर्जरी वा ईन्फेक्सन)आदि पुरुषमा हुने  बाझोपनको प्रमुख कारण हुन्  ।

आईभीएफ किन आवश्यक छ?

हामीका आउँनेलाई सुरुमा सबै परीक्षण गछौं ।  परीक्षण पश्चात कुन उपचार कुन विरामीलाई गर्दा हुन्छ भनेर छुटाउँछौं । कतिपयमा अन्डाको विकाशक्रम मात्र नभएको हुन्छ । उहाँलाई अन्डा बनाएर बच्चा बसाउँने प्रयास गरिन्छ  । श्रीमानको शुक्रकिट राम्रो छ भने एउटा औषधि दिएमा  ति महिला गर्भपति हुन सक्छिन् । श्रीमानको शुक्रकिटमा कम छ भने ल्यावमा शुक्रकिट राम्रो चालको बनाएर  श्रीमतिको अन्डाको विकासक्रम हेरेर त्यो शुक्रकिट हालेर गर्भधारण गराउँन सकिन्छ जसलाई आईयुआई भनिन्छ । पटक पटक आईयुआई गर्दा पनि गर्भ नबसेमा आईभीएफ गरिन्छ ।
त्यसैगरी, दुबै गर्भनलि बन्द रहेको छ । भने आईभीएफ नै गर्नुपर्छ । सुरुमा हामी परीक्षण गछौं त्यसपश्चात कसलाई कुन उपचार गर्नुपर्ने हो त्यसको निर्णय गरेर अघि बढ्न सल्लाह दिन्छौं  । वरदानले सुरुदेखि  नै क्लनिकल परीक्षण गरिएको छ भने उहाँहरुलाई ९० प्रतिशत गर्भवतिको ग्यारेन्टी गर्दछ ।

आईभीएफ कसरी र कस्ता व्यक्तिमा गरिन्छ ?

हामीका आउँनेलाई सुरुमा सबै परीक्षण गछौं ।  परीक्षण पश्चात कुन उपचार कुन विरामीलाई गर्दा हुन्छ भनेर छुटाउँछौं । कतिपयमा अन्डाको विकाशक्रम मात्र नभएको हुन्छ । उहाँलाई अन्डा बनाएर बच्चा बसाउँने प्रयास गरिन्छ  । श्रीमानको शुक्रकिट राम्रो छ भने एउटा औषधि दिएमा  ति महिला गर्भपति हुन सक्छिन् । श्रीमानको शुक्रकिटमा कम छ भने ल्यावमा शुक्रकिट राम्रो चालको बनाएर  श्रीमतिको अन्डाको विकासक्रम हेरेर त्यो शुक्रकिट हालेर गर्भधारण गराउँन सकिन्छ जसलाई आईयुआई भनिन्छ । पटक पटक आईयुआई गर्दा पनि गर्भ नबसेमा आईभीएफ गरिन्छ ।
त्यसैगरी, दुबै गर्भनलि बन्द रहेको छ । भने आईभीएफ नै गर्नुपर्छ । सुरुमा हामी परीक्षण गछौं त्यसपश्चात कसलाई कुन उपचार गर्नुपर्ने हो त्यसको निर्णय गरेर अघि बढ्न सल्लाह दिन्छौं  । वरदानले सुरुदेखि  नै क्लनिकल परीक्षण गरिएको छ भने उहाँहरुलाई ९० प्रतिशत गर्भवतिको ग्यारेन्टी गर्दछ ।
आईभीएफ कसरी र कस्ता व्यक्तिमा गरिन्छ  ?
महिलाको दुबै गर्भनलि बन्द भएको छ भने आईभीएफ गरिन्छ । कुनै पनि महिलाले पटक पटक आईयुआई गरिरहेकी छिन् तर गर्भवति भएकी छैनन् भने उनीहरुलाई आईभीएफ गरिन्छ । 
आईभिएफमा महिलाको अन्डा निकाल्ने र पुरुषको पनि शुक्रकिट निकालेर ल्यावमा राखेर आफै फटिलाईज हुन दिने गरिन्छ । जसबाट भ्रण बन्छ । अनी सोही भ्रणलाई महिलाको पाठेघरमा राखिन्छ । 
पुरुषको शुक्रकिट अत्यधिक कम  र आकार नराम्रो भएको अवस्थामा आईभिएफ पद्धति अपनाउँन सकिन्न र त्यस्तो खण्डमा ईक्सी गरिन्छ । पुरुषको शुक्रकिटको आकार जस्तो हुनुपर्ने त्यस्तो छैन । कहिलेकाही शुक्रकिटको टाउको सानो ÷ठुलो हुने वा दुईवटा टाउको हुने, दुई वटा पुच्छर वा लामो पुच्छर हुने जस्ता प्राकृतिक रुपमा फटिलाईट हुन सक्दैन् । त्यस्तो केशमा एउटा अन्डामा एउटा शुक्रकिट इन्जेक्ट गरिदिन्छौं । 
त्यसको फाईदा फटिलाईज हुने सम्भावना बढी हुने भयो । कहिले काही आईभिएफ गर्दा फटिलाईज हुदैन,भ्रण बन्दैन । हाम्रो मुख्य लक्ष्य त भ्रण बनाउँने हो त्यसलाई पछि गर्भमा  स्तान्तरण गर्ने हो । तर भ्रुण नबने पछि के राख्ने त ?

आईभीएफ गर्दा पहिलो पटकमै गर्भ रहन्छ ?
आईभीएफ समयमा गर्यो भने यसको सफलता भने उच्च हुन्छ । आईभीएफमा चाहिने भनेको अन्डाको रिजर्भ हो । आईभीएफका लागि आउँनुभएकालाई सुरुमा सबै परिक्षण गरिसकेपछि मात्र अन्य विधिबाट बच्चा नहुने भएपछि मात्र आईभिएफ गर्नु भन्छौं । सुरुमै आईभिएफ गरिदैन् । १० देखि १५ वटा अन्डा रहेको छ । भने आईभिएफको सफल हुने दर  ९२ देखि ९५ हुन्छ । 
जस्तो कुनै एक ‘ए’ नाम गरेकी महिलाको १० देखि १५ वटा अन्डा निकालियो त्यसमा ७० प्रतिशत  बच्चा ल्यावमा बन्यो भने त्यो भनेको ७ ÷ १० वटा त बन्यो नि त सबै त पाठेघरमा राखिदैन् । एउटा वा दुई वटा राख्छौं । बाकि हामीले फ्रिज गरिदिन सक्छौं । फ्रिज गरेको एमरोयज फेरि प्रयोग गर्न सक्छौं । आईभिएफमा पहिलो पटकमै सफलता हुने दर ६० देखि ६५ प्रतिशत हुन्छ । यदि पहिलो पटकमा सफल भएन भने दोस्रो पटकमा आईभिएफको पुरा प्रक्रियामा जानुपरेन जुन आईभिएफको पहिलाको खर्चभन्दा तीनदेखि ४ गुणा कममा हुन्छ  । पहिलो पटकमै बनि रहेको भ्रण हुन्छ । त्यो ट्रान्सफर गर्दा सक्सेस रेट धेरै हुने भयो । यदि समयमा आउँनुभयो भने तीन ४ पटकसम्मका लागि भ्रण फ्रिज गरेर राखिदिएका हुन्छौं । 

आईभीएफ गर्नुभन्दा अघि के के कुरामा ध्यान दिनुपर्छ ?

आईभीएफ महँगो छ । आर्थिक र मानसिक रुपमै आईभीएफ गर्न  तयारी हुनुपर्छ । यो गर्दा धेरै मेडिसियन प्रयोग गर्नुपर्छ जसले केही समय फिजिकल्ली पनि गाह्रो हुन्छ । कतिपयलाई पहिलो पटक गर्भवति हुन सक्नुहुदैन् । जसले केही मानसिक तनाव बढ्न सक्छ त्यसलाई पनि डटेर लड्न सक्छु भनेर आउँनुपर्छ  ।

आईभीएफ गर्दा वेहोस बनाएर गरिन्छ भनिन्छ नि ?

पहिला पहिला आईभीएफको अन्डा बनाउँने ईन्जेक्सनले एकदमै दुखाई हुने हुन्थ्यो । मन्टिपल ईन्जेक्सन २१ दिनसम्म लगाईन्थ्यो । अनि मात्र अन्डा निकाल्ने गरिन्थ्यो । जुन प्रक्रियाले गर्दा निकै आईभीएफ गर्ने महिलालाई निकै पिडा हुन्थ्यो । आईभीएफका विषयमा अध्ययन हुदाँ हुँदा अहिले आईभीएफ ईन्सुलीङ जस्तो ईक्जेक्सन लगाईन्छ । अहिले १० देखि १२ दिनमा ईन्जेक्सीन लगाईन्छ ।  कतिपय आउँछन् ईन्जेक्सन लगाउँछन् आफ्नो अफिस जान्छन् । जुन दिन अन्डा निकाल्ने हो त्यो दिन चाहि केही समय बिहोस् गराएर अन्डा निकालिन्छ । अन्डा निकालि सकेपछि केहीलाई चाहि तल्लो पेट भारी हुने दुख्ने समस्या हुन्छ । जुन आफै केही दिनमा ठिक हुन्छ । यो सबै दक्ष चिकित्सकको निगरानीमा गर्नुपर्छ । 

आईभीएफ गर्दा किन जुम्ल्याहा बच्चा जन्मिन्छन् ?
आईभीएफ गर्दा दुई वटा भु्रण राखिन्छ । किन भने आईभीएफ गर्दा आर्थिकदेखि मानसिक रुपमा निकै पिडा भोग्नुपर्छ । हामीले भ्रुण एउटा राख्ने हो भने जुम्ल्याहा नहुने सम्भावना नहुन पनि सक्छ । तीन दिनको भु्रण  भए दुई वटा राखिन्छ । पाँच दिनको भए एउटा मात्र राखिन्छ । रिकरेन्ट फेलिएर हुने स्थिति आउँला भन्ने अवस्थामा भु्रणको मात्रा धेरै राखिन्छ ।  

आईभीएफ गरेकालाई किन शल्यक्रियाबाट नै बच्चा जन्माईन्छ ?

आईभीएफ गरेर बच्चा बस्नु र प्राकृतिक रुपमा बच्चा बस्नुमा फरक केही छैन् । अन्डा र शुक्रकिटको सम्पर्क नहुदाँ बच्चा नबनेपछि बाहिर ल्यावमा बनाएर गर्भ राखिने मात्र हो । अन्य विकासक्रममा सबै एउटै जस्तै हो । आईभिएफमा हर्मोनहरु दिईन्छ जुन तीन महिनासम्म मात्र हो । त्यसपछि अन्य गर्भवति जसरी हेछौं । एउटा के हो भने आईभिएफ गरेका महिलाहरुको उमेर भने अलिक बढी हुन्छ । अलि बढी गर्भवस्थामा ध्यान दिनुपर्छ । 
हाम्रो समाजमा अहिले पनि छिटो आईभीएफ गर्न आउँनेको कमी छ । आईभीएफ गर्न अन्तिममा मात्र आउँने गर्छन् । उमेर बढेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था नै आउँछ । नर्मल डेलिभरीको प्रक्रियाको दुखाईहरु सहन सक्ने हुदैन् । प्रेसर सुगरको समस्या आउँने हुन्छ । कतिपय विरामीले मलाई शल्यक्रिया नै गरिदिनु भन्नुहुन्छ । कतिपयको उमेरको कारणले पनि शल्यक्रिया गर्नुपर्छ । 

 

प्रकाशित: Jul 26, 2023| 07:26 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्