मंगलबार, वैशाख २९, २०८३

त्रिभुवन विमानस्थल भन्सार प्रमुख फेरिए

त्रिभुवन विमानस्थलबाट गत बुधबार एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि छानबिन गर्न भन्सार प्रमुखलाई पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

National life

काठमाडौं–अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। पाण्डे गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए।

गत बुधबार त्रिभुवन विमानस्थलबाट एक क्विन्टल भन्सार जाँच पास गरेर बाहिरिएपछि भन्सार प्रमुख पोखरेलप्रति शंकाको सुई चलाइएको छ। सोही घटनामा छानबिन गर्न पोखरेललाई जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए। अवैध सुन बरामदको समय पोखरेल भन्सार प्रमुखको जिम्मेवारीमा भए पनि २ महिनादेखि बिदा बसेका थिए।

यसअघि १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पनि पोखरेल बिदा बसेका थिए। ३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेपछि हाल छानबिन भइरहेको छ।

प्रकाशित: Jul 25, 2023| 16:10 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्