शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अवैध सुन प्रकरणमा संलग्न आफ्नै पार्टीका मान्छे भए पनि नछाडिने गृहमन्त्रीको दाबी

अवैध सुन प्रकरणमा संलग्न आफ्नै पार्टीका मान्छे भए पनि नछाडिने गृहमन्त्रीको दाबी

एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्‍याइने गृहमन्त्रीको नारायणकाजीको उद्घोष
 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्रै भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पारिने दाबी गरेका छन्।

गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले आज आयोजित पत्रकार भेटघाटमा भ्रष्टाचार जोसुकै र जुनै पार्टीका नेताले गरे पनि छानबिनलाई अगाडि बढाइने प्रतिबद्धता जनाएका हुन्। गत बुधबार त्रिभुवन विमानस्थल भन्सारबाट लाइन मिलाएर लगिँदै गरेको एक क्विन्टल अवैध सुन प्रकरणबारे प्रहरीसमेतलाई संलग्न गराएर सूक्ष्म रुपमा छानबिन भइरहेको उनले बताए।

सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनभित्रै गृहमन्त्रीको राजीनामा मागिएको प्रसंगमा गृहमन्त्री श्रेष्ठले आफूले यसलाई अस्वाभाविक रुपमा नलिएको उल्लेख गरे। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले अवैध एक क्विन्टल सुन बरामद प्रकरणमा गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका थिए।

मन्त्री श्रेष्ठले भने, ‘समाजमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल गर्न अभियान चलाइएको छ। यतिबेला विभिन्न ढंगबाट भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास भइरहेका पनि त्यसलाई असफल पार्छौं।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धानले टुंगोमा पुगेपछि मात्रै विश्राम लिने उनले दाबी गरे। अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले जानकारी दिए।

Metro Mart

प्रकाशित: Jul 25, 2023| 14:00 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्