मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व कर्मचारीलाई निष्ठापूर्वक जिम्मेवारी वहन गर्न अर्थमन्त्री महतको निर्देशन

राजस्व कर्मचारीलाई निष्ठापूर्वक जिम्मेवारी वहन गर्न अर्थमन्त्री महतको निर्देशन

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।
 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक वहन गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई निर्देशन दिएका छन्। आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री महतले कर्मचारीलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

National life

उनले नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीसँग आग्रह गरे। ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन। यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन। विस्तारै अर्थतन्त्र गतिशील हुँदै छ। सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं,’ उनले भने।

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजस्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी उनले दिए। डा. महतले भने, ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्नेबारेमा तपाईंहरु पूर्ण रुपमा प्रशिक्षित हुनुपर्छ। ट्राभल्समा लाग्ने करबारे पनि प्रस्ट हुनुपर्छ। ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो। त्यसको रेकर्ड आन्तरिक राजस्व कार्यालय पनि राख्नुपर्छ।’

स्याउ, आलु र प्याजमा लागेको कर भन्सारमा मात्र लाग्ने र भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने उनले बताए। बाहिरबाट आएको छ भने भन्सार मात्रै लाग्ने र आन्तरिक उत्पादनमा नलाग्ने अर्थमन्त्री महतले प्रस्ट पारे। 

‘नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ। त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ। हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ। पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ,’ उनले भने।

प्रकाशित: Jul 25, 2023| 12:23 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्