बिहीबार, साउन २९, २०८२

आज केही प्रदेशका पहाडी भूभागमा पानी पर्ने

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Metro Mart

प्रकाशित: Jul 24, 2023| 08:46 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्