बिहीबार, साउन २९, २०८२

चितवनमा जंगली जनावरको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

चितवन- गत आर्थिक वर्ष २०७९/८० मा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच–पाँच जना रहेका छन् भने दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन्।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

Metro Mart

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। यसको राहत स्वरुप ३१ लाख ३८ हजार चार सय रुपैयाँ प्रदान गरिएको छ।

भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ। यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए। जसको क्षतिवापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ।

यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ।

प्रकाशित: Jul 24, 2023| 09:05 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्