मंगलबार, वैशाख २९, २०८३

काम गरेको भुक्तानी दिन निर्माण व्यवसायीको माग

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ। 

National life

महासंघले पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अर्बौं रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी गर्न माग गरको हो। 

महासंघका महासचिव रोशन दाहालले नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गनुपर्ने माग गरे।  

महासंघले मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्न, रुग्ण आयोजनाहरू अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने लगायतका नौ बुँदे माग गरेको छ। 
 

प्रकाशित: Jul 23, 2023| 19:40 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्