मंगलबार, साउन १९, २०८३

 उपत्यका आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- आज साँझ उपत्यका आसपास(नगरकोट, बुढानीलकण्ठ, ककनी, धादिङ धुनी बेसी) लगायतका स्थानमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण  विष्णुमती नदी गोङ्गबुमा जलसतह बढेको छ। विष्णुमती, मनोहरा, बल्खु खोला लगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

आज सबै प्रदेशका पहाडी भूभागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 
..
तसर्थ यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको र हावा हुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखोले अनुरोध गरेको छ। 

प्रकाशित: Jul 23, 2023| 18:28 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्