शनिबार, जेठ ३०, २०८३

सय किलो सुन बरामद प्रकरण: भन्सार अधिकृतसहित थप ६ जना पक्राउ

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन्।

National life

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरिएको हो। आज पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन्। यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन्।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत किलो केजी सुन स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर काठमाडौं ल्याइएको थियो। भन्सार प्रणाालीबाट पास भएर बाहिरिन लाग्दा विभागको टोलीले सामान बरामद गरेको थियो।

प्रकाशित: Jul 23, 2023| 17:29 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्