शनिबार, जेठ ३०, २०८३

ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो। 

National life

अमिन हुँदा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको उनीमाथि आरोप छ। योसँगै सरकारी जग्गा हिनामिना प्रक्ररणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ। 

यसअघि यही साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पक्राउ गरेको थियो।

यो प्रकरणमा हालसम्म पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: Jul 23, 2023| 14:36 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्