NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

 |  शनिबार, साउन ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन्।

प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Jul 22, 2023| 18:18 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्