NadaNada
आइतबार, भदौ १, २०८२

सवारी दुर्घटनामा सातको मृत्यु, पाँचजना मृत फेला

 |  शनिबार, साउन ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

vianetvianet

काठमाडौं- पछिल्लो २४  घण्टामा देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा पाँच जना मृत फेला परेका छन्। यसैगरी चार जनाको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ कान्छिचोकस्थित सडकमा डब्लुबि ७३ ई ९११७ नम्बरको बोलेरो गाडी र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ईटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरीको धरान घोपामा तथा सोही ठाउँ बस्ने २४
वर्षीय अनिनेश चौधरीको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। बोलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तीबन पुल नजिक बा.३ ख ४१०८ नम्बरको बसले बा.५६ प ३४५२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु  भएको हो। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-३१ शान्तीनगरस्थित सडकमा बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका-१ घर भई  काठमाडौं शान्तीनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्री मध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जना सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रातमाटेस्थित सडकमा प्र.१-०२-००१ ख ८०२९ नम्बरको ट्रकले बा.प्र.०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई शुक्रबार  दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-७ बस्ने २५ वर्षीय  कृष्ण श्रीवास्तबको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ  अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका  मोटरसाइकलमा सवार १ जनाको बिएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart

अपरिचित व्यक्तिको गोली प्रहारबाट मृत्यु
सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा धरान र ईटहरीको सिमानास्थित सडकमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गर्दा मोरङ घर भएका २८ वर्षीय रोहित चौधरीको शुक्रबार साँझ मृत्यु भएको छ।  को ३२ प १७९६ नम्बरको मोटरसाइकलमा सवार चौधरी धरानबाट ईटहरीतर्फ जाँदै गरेको अवस्थामा पैदल आएका अन्दाजी ३ जना व्यक्तिहरूले गोली प्रहार गर्दा गम्भीर  घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३०  वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते  भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर  भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा  हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

चट्याङ लागेर मृत्यु
दाङ, तुलसीपुर उपमहानगरपालिका-२ खैरिपुर बस्ने ४४ वर्षीया गौरी डाँगीको चट्याङ लागेर शुक्रबार राति मृत्यु भएको छ। आफ्नै खेतमा पानी लगाउन गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  उपचारको क्रममा मृत्यु भएको हो।

मृत फेला
सर्लाही, चन्द्रनगर गाउँपालिका-४ गढहाटोलमा सोही गाउँपालिका-७ बस्ने जामुन ढांङर शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तु, शिवराज नगरपालिका-४ शान्तिटोल बस्ने ३० वर्षीय मनिराम थारु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, लम्कीचुहा नगरपालिका-६ गुलरास्थित सडक छेउमा अछाम साफेबगर नगरपालिका-७ रिडिकोट बस्ने ६३ वर्षीय बिरेन्द्र बहादुर स्वार शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित पेटीमा सोही महानगरपालिका-१५ डेरा गरी बस्ने दोलखा तितेचौर गाउँपालिका-४ घर भएका ५६ वर्षीय राम बहादुर कार्की  शनिबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मी, रुरु गाउँपालिका-६ रिमुवास्थित बडीगार्ड खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

डुबेर मृत्यु
चितवन, ईच्छाकामना गाउँपालिका-६ जलबिरेस्थित लामो झरनामा पौडी खेल्ने क्रममा डुबेर भरतपुर महानगरपालिका-१० डेरा गरी बस्ने धादिङ घर भएका नवराज  गुरुङको छोरा १५ वर्षीय अमन गुरुङको शुक्रबार दिउँसो मृत्यु भएको छ।

रौतहट, चन्द्रपुर नगरपालिका-१० बडेर्वास्थित बाग्मती सिचाई आयोजनाको  नहरमा डुबेर भारत सितामडि नन्दबारा बस्ने शंकर साहको छोरी ७ वर्षीया शिवानी कुमारी साहको शुक्रबार दिउँसो मृत्यु भएको छ। नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको  प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।

पाल्पा, रम्भा गाउँपालिका-२ रानिबास घर भई सोही गाउँपालिका-१ छाप बस्ने २६ वर्षीय कोपिल पाँडे मगरको सोही ठाउँस्थित कालीगण्डकी नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

धनुषा, धनुषाधाम नगरपालिका-१ मुसहरी टोल बस्ने गंगाराम सादाकी छोरी २ वर्षीया रितु सादाको सोही ठाउँस्थित पोखरीमा डुबेर शुक्रबार राति मृत्यु भएको छ।  सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 22, 2023| 17:15 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्