मंगलबार, साउन १९, २०८३

सुनसरीको इनरुवामा वीपीको पूर्ण कदको शालिक अनावरण

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- सुनसरीको इनरुवामा वीपी कोइरालाको पूर्ण कदको शालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शालिक अनावरण गरेका हुन्।

कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवा नगरपालिका –९ बबियामा बीपी कोइरालाको पूर्ण कदको सालिक बनाइएको हो।

सभापति देउवाले शालिक अनावरण गर्दै जननायक विश्वेश्वरप्रसाद कोइरालाले गरेएको योगदानको चर्चा गरे। विभिन्न राजनीतिक उतार–चढावहरू भोगेका कोइरालाले देश र जनताका लागि गरेको योगदान सदैव स्मरणीय रहने उनले बताए। देउवाले कोइरालाको राजनीतिक र साहित्य क्षेत्रमा गरेको अमिट छाप नेपाली माझ रहिरहने उल्लेख गरे। उनले भने, 'भारतमा रहेको ब्रिटिस साम्राज्यवादविरुद्ध पनि लड्नुभएका कोइराला अनेक जेल–यातना सहनुभएको थियो। लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो।'

देउवाले सुनसरी कांग्रेसले ग्रामीण र सहरी क्षेत्रको मध्यभागमा जनताको नेताको रूपमा स्मरण गराउन वीपी चोक नामकरण गरेकोमा धन्यवाद दिए। वीपी स्मृति दिवसको सन्दर्भमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

 

प्रकाशित: Jul 22, 2023| 16:00 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्