शनिबार, जेठ ३०, २०८३

जुम्लाको गुठीचौरका सात घरमा अज्ञात समूहको आगलागी

अज्ञात समूहले आगलागी गरेको थाहा पाउनासाथ नियन्त्रणको प्रयास गरेपछि सात वटा घरमा आंशिक्ष क्षति पुगेको जुम्ला प्रहरीको धारणा।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

जुम्ला–जुम्लाको गुठीचौर गाउँपालिकाको वडा नम्बर ४ का सात वटा घरमा अज्ञात समूहले आगो लगाइदिएको छ। गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए।

National life

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको हो।

धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको बताइएको छ। अज्ञात समूहले सडकमा रोकिराखेको ट्रयाक्टरमा समेत आगो लगाएको छ। सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए।

आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन्। आगो लगाइएको थाहा पाउनेबित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

‘के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको छ,’ उनले भने। प्रहरीलाई घटनाको जानकारी गए राती ११ बजेतिर आएको थियो। आगजनीबाट घरमा आंशिक क्षति पुगेको बताइएको छ।–रासस

Shivam cement

प्रकाशित: Jul 22, 2023| 12:48 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्