शनिबार, जेठ ३०, २०८३

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु 

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- सुनसरीको इटहरीमा चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ।

National life

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति १०:४० बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

Shivam cement

प्रकाशित: Jul 22, 2023| 09:50 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्