शनिबार, जेठ ३०, २०८३

आज यी क्षेत्रमा ८ घन्टा विद्युत् आपूर्ति बन्द हुने

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् आज दिउँसो बन्द हुने बताएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म  विद्युत प्रभावित हुने भएको हो।  

National life

प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र  ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ।  यसैगरी चमती फिडर अन्तर्गतका  ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

त्रिपुरेश्वर फिडरअन्तर्गतका  टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर  चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।

प्राधिकरणले ती क्षेत्रमा निर्धारित समयअघि नै काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी गराएको छ।

Shivam cement

प्रकाशित: Jul 22, 2023| 09:23 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्