शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शान्तिसुरक्षा कायम गर्ने पक्षमा उभिएको पुस्तक नेपाल प्रहरीको दस्तावेजः आईजीपी कुँवर

शान्तिसुरक्षा कायम गर्ने पक्षमा उभिएको पुस्तक नेपाल प्रहरीको दस्तावेजः आईजीपी कुँवर

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी रहेको बताएका छन्।

National life

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यक्ता रहेको उनको तर्क थियो।

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे। उनले द्वन्द्वपछिको संक्रमणकालिन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुंगा सावित हुने बताए।

उनले भने, ‘आफ्नो स्थापना कालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक संघर्ष र परिवर्तनको साँची रहेको छ। यी परिवर्तनहरुले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ। अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन। सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नु पर्छ। त्यसका लागि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ।

Shivam cement

विशेषतः द्वन्द्व उप्रान्त संक्रमणकालिन समाजमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नु परिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयबस्तुलाई केवल सुरक्षाको निकायको दृष्टिकोणले मात्र सिमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ। जुन कुराको उठान यस पुस्तकमा भएको मैले पाएको छु। यस पुस्तकको स्रोतबाट प्राप्त भएको जुन निष्कर्ष छ। यसको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणको लागि यसले कोशेढुंगा सावित हुने कुरा पनि मैले विश्वास लिएको छु।’

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखेका थिए।
 

प्रकाशित: Jul 21, 2023| 18:11 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्