शनिबार, जेठ ३०, २०८३

मनाङमा गत वर्ष २० हजार पर्यटक

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ। गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन्। विश्वको १० औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

National life

उनका अनुसार आर्थिक वर्ष २०७९र८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक भित्रिएका छन्। नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो। बाह्र हजार सात सय ७९ पुरुष, सात हजार चार सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए।

अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए। मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए। साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ।

यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन्।

थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको स्थानीय बताउँछन्। अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ। उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ।

Shivam cement

प्रकाशित: Jul 21, 2023| 20:41 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्