शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणः १७ जनालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

ललिता निवास प्रकरणः १७ जनालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

सीआईबीले म्याद थपका लागि ललिता निवास प्रकरणका संदिग्धलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत हाजिर गराएको थियो।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई थप पाँच दिनको समय दिएको छ।

National life

आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि ललिता निवास प्रकरणका संदिग्धलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत हाजिर गराएको थियो।

जिल्ला अदालतले थप पाँच दिने हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिए पनि आजै सर्वोच्च अदालतमा उनीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउँदै छ।

यो प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहित चार जनाले थुनामुक्त माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। यसअघि हदम्यादको प्रश्न उठाउँदै १७ जनाका हकमा सर्वोच्चले अन्तरिम आदेश दिएको नजिरमा उनीहरुले थुना बाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग अदालतसमक्ष गरेका छन्।

प्रकाशित: Jul 21, 2023| 15:58 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्