शनिबार, जेठ ३०, २०८३

डेढ सय प्रहरीको सुरक्षामा बञ्चरेडाँडामा फालिँदै फोहोर

उपत्यकाको फोहोर विसर्जनमा प्रभावित क्षेत्रका स्थानीयले अवरोध गरेपछि सरकारले डेढ सय प्रहरी लगाएर बञ्चरेडाँडा र सिसडोल पुगेका फोहोर बोक्ने गाडीलाई सुरक्षा दिन थालेको हो।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं– उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा लैजान १ साउनदेखि ककनी गाउँपालिका र धुनिबेंसी नगरबासीले अवरोध गरेपछि फोहोरका कारण महानगर दुर्गन्धित हुन थालेका छन्।

National life

फोहोर विसर्जन स्थलका स्थानीयको अवरोधका कारण कउपत्यकाका १८ स्थानीय तहको फोहोर बञ्चरेडाँडा र सिसडोलमा विर्सजन हुन सकेको छैन। काठमाडौं महानगर पनि फोहोरका कारण दुर्गन्धित हुन थालेको छ। 

उपत्यकाको फोहोर विसर्जनमा प्रभावित क्षेत्रका स्थानीयले अवरोध गरेपछि सरकारले डेढ सय प्रहरी लगाएर बञ्चरेडाँडा र सिसडोल पुगेका फोहोर बोक्ने गाडीलाई सुरक्षा दिन थालेको हो।

काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक ११ देखि १३ सयसम्म मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको सरकारी तथ्यांक छ। बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालले पुष्टि गरे।

उनले भने, फोहोर बोकेका गाडीलाई सुरक्षा दिन दायाँ–बायाँ प्रहरी परिचालन गरेर विसर्जन स्थलमा लग्न थालिएको छ। अवरोध भए कारबाही गर्छौं।’ फोहोर व्यवस्थापनको अड्चन हटाउन बुधबार प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयमा छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन।

Shivam cement

प्रकाशित: Jul 21, 2023| 15:04 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्