शनिबार, जेठ ३०, २०८३

प्रहरी हिरासतमा महिला थुनुवाद्वारा आत्महत्या

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- प्रहरी हिरासतमा रहेकी एक थुनुवाले आत्महत्या गरेकी छिन्। बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी थुनुवा चक्रघट्ट गाउँपालिका– ८ निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन्।

National life

उनले थुनुवा कक्षको शौचालयको ढोकामा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। राति १० बजेतिर शौचालय गएकी खातुन निकै बेरसम्म ननिस्किएपछि प्रहरीले शौचालयको ढोका फोडेको थियो। ढोका खोल्दा उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उनको उपचारका  क्रममा मृत्यु भएको हो। गत ३ साउनमा खातुनसहित दुईजनालाई सशस्त्र प्रहरीले मलंगवा नगरपालिका– ८ झिलिमिलियामाई नजिकै नेपाल–भारत सीमाक्षेत्रबाट स्रोत नखुलेको रकम र चाँदीसहित पक्राउ गरेको थियो।

पक्राउ परेका दुईमध्ये खातुनलाई तीन लाख ३९ हजार धरौटी तोकेको थियो। आफन्तका अनुसार खातुनले धरौटीबापतको रकम बुझाउन सकेकी थिइनन्। त्यसपछि जिल्ला भन्सार कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा पठाएको थियो।

प्रकाशित: Jul 21, 2023| 13:25 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्