शनिबार, जेठ ३०, २०८३

कांग्रेसका युवा नेता थापाको मृत्यु

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- नेपाली कांग्रेस महानगर कमिटी सदस्य अभिषेक थापाको मृत्यु भएको छ। बिहीबार राति थापाको मृत्यु भएको हो।

National life

विराटनगरस्थित एक सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका थापा केन्द्रमै बेहोस अवस्थामा भेटिएको बताइएको छ। मोरङ प्रहरीका अनुसार ३५ वर्षीय थापालाई तत्कालै उपचारका लागि लाइफ गार्ड अस्पताल लगिएको थियो।

थापा दिउँसो करिब साढे ३ बजेतिर विराटनगर-४ स्थित नवज्योति सुधार केन्द्रका सञ्चालक सुशील रिजाललाई भेट्न पुगेका थिए। थापा र रिजाल चिनजानका साथी रहेको प्रहरीले जनाएको छ।

भेटघाट भएपछि दुवै जनाले दही-चिउरा खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यसपछि सुधार केन्द्रमै सुतेका थापा रातिसम्म नउठेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।

प्रकाशित: Jul 21, 2023| 09:43 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्