शनिबार, जेठ ३०, २०८३

शनिबार यी क्षेत्रमा ८ घण्टा विजुली नआउने

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि शनिबार दिउँसो बन्द हुने बताएको छ। लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि  विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो। 

National life

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ। प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ।’ 

प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

सूचनामा थप भनिएको छ ‘टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ।’

Shivam cement

प्रकाशित: Jul 21, 2023| 09:42 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्