शनिबार, जेठ ३०, २०८३

सय किलो सुन तस्करी प्रकरण: पक्राउ पर्नेको संख्या १० पुग्यो

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ।

National life

पछिल्लोपटक पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको हो।

कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो। यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो।

मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको 'ब्रेक शु' मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुन सक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।

विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ।

Shivam cement

चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्। 

प्रकाशित: Jul 21, 2023| 07:01 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्