शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोन गरेर पैसा नदिएपछि आइहाल्छ कि भनेर बमजस्तो वस्तु राखेँ : पासवानको बयान

फोन गरेर पैसा नदिएपछि आइहाल्छ कि भनेर बमजस्तो वस्तु राखेँ : पासवानको बयान

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- सिनामंगलमा रहेको एक ज्वेलर्स अगाडि बमजस्तो वस्तु राखेर त्रास सिर्जना गरेको आरोपमा पक्राउ परेका खजयन्ती पासवानले ‘पैसा आइहाल्छ कि भनेर बम जस्तो वस्तु’ राखेको बयान दिएका छन्।

National life

सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलमा अगाडि बुधबार शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ प्रहरीले पासवानलाई पक्राउ गरेको हो। आफू वैदेशिक रोजगारीबाट फर्किएपछि आर्थिक समस्यामा परेको र यही समयमा पैसा आइहाल्छ कि भनेर बमजस्तो वस्तु राखेको प्रहरीसँग बयानमा बताएका छन्।

सिनामंगल नै डेरा भएको बताउने उनले बोर्डमा राखिएको मोबाइल नम्बरमा फोनसमेत गरेको खुलेको छ। उनले फोनमार्फत ‘५ लाख माग्दा दिन नमानेपछि तर्साउनलाई भोलिपल्ट बिहान लगेर राखेको’ बयान दिएका छन्। 

घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा प्रहरीले बरामद गरेको थियो। त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुद राखिएको’ भनिएको थियो। त्यसबारे सोध्दा पासवानले त्यस्तो लेख्दा मान्छेले विश्वास गर्लान् भन्ने लागेर लेखेको बताएका छन्।

शंकास्पद वस्तु राखेपछि निकैबेरसम्म आफू त्यहीँ बसेको उनले बताएका छन्। पौन १० बजेतिर प्रहरी आएपछि पनि उनी भिडमा अरुसँगै बसिरहेका थिए। सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हेरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो।

kumari

उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति भएको र कोठामा पनि त्यस्तो खासै शंकास्पद वस्तु नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 19, 2023| 18:55 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्