NadaNada
बुधबार, भदौ ४, २०८२

नेवानिमा खुल्यो एयर होस्टेसको जागिर, टाटु हुन नहुने

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet

काठमाडौं- नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) पदमा आवेदन आह्वान गरेको छ।

निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो। 

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ। योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ। 

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्। निगमको एयर होस्टेस हुन उचाइ कम्तीमा पाँच फिट दुई इन्च हुनुपर्नेछ। यसैगरी निगमबाट तोकिएको युनिफर्म लगाउँदा देखिने ठाउँमा टाटु हुनु हुँदैन। कुनै प्रकारको अशक्तता/अपांगता भएमा पनि निगमले योग्य मान्नेछैन। 

प्रकाशित: Jul 16, 2023| 09:05 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...