बुधबार, असार ३, २०८३

नेवानिमा खुल्यो एयर होस्टेसको जागिर, टाटु हुन नहुने

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) पदमा आवेदन आह्वान गरेको छ।

National life

निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो। 

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ। योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ। 

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्। निगमको एयर होस्टेस हुन उचाइ कम्तीमा पाँच फिट दुई इन्च हुनुपर्नेछ। यसैगरी निगमबाट तोकिएको युनिफर्म लगाउँदा देखिने ठाउँमा टाटु हुनु हुँदैन। कुनै प्रकारको अशक्तता/अपांगता भएमा पनि निगमले योग्य मान्नेछैन। 

प्रकाशित: Jul 16, 2023| 09:05 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्