बुधबार, साउन २०, २०८३

करेन्ट लागेर भारतमा पाँच बोलबम यात्रीको मृत्यु

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- भारतको उत्तर प्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको मृत्यु भएको छ। उत्तर प्रदेश मेरठ जिल्लाको राली चौहान गाउँमा गए राति करिब आठ बजे यो घटना भएको हो। 

बोलबम यात्री सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भएको हो।

यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग-अलग सवारी दुर्घटनामा चार जना बोलबम यात्रुको मृत्यु भएको थियो।
 

प्रकाशित: Jul 16, 2023| 07:02 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्