शनिबार, जेठ ३०, २०८३

सातै प्रदेशमा आज वर्षाको सम्भावना

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ।

National life

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
 

प्रकाशित: Jul 16, 2023| 07:00 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्