बिहीबार, असार ४, २०८३

एनसीसी बेल्जियममा धमला बलिया

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा अहिले चुनावी सरगर्मी छ। यही जुलाईभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्न केन्द्रले निर्देशन दिएका कारण एनसीसीहरु धमाधम अधिवेशनमा जुटेका छन्।

National life

युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी माहोलले तातेको छ। एनसीसी बेल्जियमको निर्वाचन यही १६ जुलाईका लागि तय भएको छ। त्यहाँ अध्यक्षबाहेक अन्य सबै पद सहमतिमा टुंग्याइएको छ। अध्यक्षमा पनि सहमतिको प्रयास नभएको होइन, तर सहमति नजुटेपछि निर्वाचन हुने निश्चित भएको छ।

सुरुमा अध्यक्ष पदमा चार जनाले आकांक्षा देखाएका थिए। तीर्थराज धमला, सीता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दाबी गरेकोमा सिलवाल पछि हटेर धमलालाई समर्थन गरेका छन्। त्यसैगरी अनुजा प्रधान पनि अध्यक्षमा नलड्ने भएकी छन्। दुईजना पछि हटेपछि अब दुई जनाबीचमा मात्र चुनाव हुने देखिएको छ।

दुईमा पनि धमला बलिया प्रतिस्पर्धी देखिएका छन्। धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्। यसअघिको कार्यकालमा महासचिव भएर काम गरेको अनुभव पनि उनीसँग छ। अध्यक्षका एक आकांक्षीले पनि समर्थन गरेका कारण उनी बलिया प्रतिस्पर्धी मानिएका छन्। उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका कारण अध्यक्षमा आफ्नो उम्मेदवारी स्वाभाविक भएको उनी बताउँछन्।

‘उपाध्यक्षपछि जाने भनेको स्वतः अध्यक्षमा नै हो,’ धमला भन्छन्। अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी इमान्दारीपूर्वक निभाएकोले अध्यक्ष बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता भएको धमलाको भनाइ छ। ‘लामो समय संस्थामा काम गरेको छु। सामाजिक काममा मैले पुर्‍याएको योगदानको मूल्यांकन अवश्य हुनेछ,’ उनले भने।

Shivam cement

एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्यदक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको बताउँदै त्यसका लागि आफू परिपक्क भइसकेको धमलाको दाबी छ। ‘मेरो संस्थाप्रतिको इमान्दारिता र नि:स्वार्थ सक्रियतालाई यहाँका नेपालीले पक्कै बुझ्नु भएको छ। योजनासहित आएको छु, नेतृत्व हाँक्न सबै हिसाबले तयार छु,’ उनी भन्छन्।

 

 

 

प्रकाशित: Jul 14, 2023| 17:22 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्