बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डोनाल्ड लु-परराष्ट्रमन्त्री भेटमा एमसीसी कार्यान्वयनबारे चासो

डोनाल्ड लु-परराष्ट्रमन्त्री भेटमा एमसीसी कार्यान्वयनबारे चासो

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन्। शुक्रबार अपराह्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता  भएको हो।

National life

भेटका क्रममा सहायक विदेशमन्त्री लुले अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चासो राखेका थिए। 'एमसीसी अन्तर्गतका परियोजनाको कार्यान्वयन, सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी, दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भयो,' मन्त्री साउदको सचिवालयले भन्यो। परराष्ट्रमन्त्री साउदले एमसीसी कार्यान्वयनको अवस्थाबारे लुलाई जानकारी गराएका थिए।

यसैगरी अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड महामारीको संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए। यसैगरी विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले अमेरिकाको सहयोग निरन्तर हुने बताएका थिए। लुले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा गरेको योगदान र हासिल गरेको प्रगतिबारे पनि चर्चा गरेका थिए।

एक दिनका लागि नेपाल आएका सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नेछन्।

Shivam cement

 

प्रकाशित: Jul 14, 2023| 17:16 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्