NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • डोनाल्ड लु-परराष्ट्रमन्त्री भेटमा एमसीसी कार्यान्वयनबारे चासो

डोनाल्ड लु-परराष्ट्रमन्त्री भेटमा एमसीसी कार्यान्वयनबारे चासो

 |  शुक्रबार, असार २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

vianetvianet

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन्। शुक्रबार अपराह्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता  भएको हो।

भेटका क्रममा सहायक विदेशमन्त्री लुले अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चासो राखेका थिए। 'एमसीसी अन्तर्गतका परियोजनाको कार्यान्वयन, सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी, दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भयो,' मन्त्री साउदको सचिवालयले भन्यो। परराष्ट्रमन्त्री साउदले एमसीसी कार्यान्वयनको अवस्थाबारे लुलाई जानकारी गराएका थिए।

यसैगरी अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड महामारीको संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए। यसैगरी विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले अमेरिकाको सहयोग निरन्तर हुने बताएका थिए। लुले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा गरेको योगदान र हासिल गरेको प्रगतिबारे पनि चर्चा गरेका थिए।

एक दिनका लागि नेपाल आएका सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नेछन्।

Metro Mart

 

प्रकाशित: Jul 14, 2023| 17:16 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...